काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि प्रारम्भ भएको एक महिने स्वस्थानी व्रत माघ शुक्ल पूर्णिमाका दिन आज विशेष पूजाअर्चना गरी समापन गरिँदै छ ।
एक महिने स्वस्तानी माताको व्रतको अवसरमा सालिनदी लाग्ने मेला विशेष पुजाआजा गरी आज सकिँदै छ । उक्त मेलामा धर्मालम्बीहरुको रौनक देखिएको छ ।