काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । उक्त वार्तापछि नयाँ मन्त्रीको सपथ आजै हुने प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।
उनी केहीबेर अघि मात्रै शीतलनिवास पुगेका थिए।
प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेललाई तीनजना विना विभागीय मन्त्रीको सपथ आजै हुने मौखिक जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तर लिखित जानकारी केहीबेरपछि पठाइने भएको छ ।