काठमाडौं । प्रचण्ड नेतृत्वको गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान र गृहसहित ४ मन्त्रालय पाउने निश्चित भएको छ ।
गृहमन्त्रालय, शिक्षा मन्त्रालय, श्रम मन्त्रालय र खेलकुद मन्त्रालय रास्वपाले पाउने निश्चित भएकाे हाे ।
रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री, डीपी अर्याल श्रममन्त्री, विराजभक्त श्रेष्ठ खेलकुदमन्त्री र सुमना श्रेष्ठ शिक्षामन्त्री निश्चित भएका हुन् ।