गठबन्धन फेरिएसँगै नेताहरुसँग भेटघाटमा देउवा व्यस्त, लोसपा अध्यक्ष ठाकुरलाई भेट्दै

काठमाडौं । सत्ता गठबन्धन फेरिएसँगै पशिर्ष नेताहरुको भेटघाट गर्ने शिलशिलामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेसँगै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पनि भेट्ने भएका छन् ।

बुधबार साँझ ४ बजे देउवा निवास बूढानीलकण्ठमा भेट तय भएको लोसपाका नेता सुरेन्द्र झाले जानकारी दिए ।

नेकपा माओवादी, नेकपा एमाले र रास्वपा लगायतका पार्टीको नयाँ गठबन्धन बनेसँगै देउवाले अर्को समीकरणका लागि दलहरुका नेताहरुलाई भेट्ने क्रमलाई तीब्रता दिएको छ ।