प्रतिनिधि सभाको बैठक ६ दिनसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक फागुन ३० गते बुधबार बस्नेगरि स्थगित भएको छ ।

आज बसेको प्रतिनिधि सभाको बैठक अब ६ दिनपछि बस्नेगरि स्थगित भएको हो ।

यसैगरि राष्ट्रिय सभाको बैठक पनि फागुन २७ गते आइतबार बस्नेगरि स्थगित भएको छ ।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आगामी फागुन २९ गते हुने भएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको पदावधि फागुन २० गते सकिएपछि उक्त पद रिक्त छ ।