
काठमाडौं । के तपाई साँझको समयमा खाना खानुहुन्न । अब त्यसो नगर्नुहोस् यस्तो बानीलाई परिवर्तन गर्न जरुरी छ ।
धेरै मानिसहरुले राति नखाई सुत्दा तौल घट्छ भन्ने गर्छन तर त्यसले तौल घट्नुको साटो स्वास्थ्यमा असर पर्न थाल्छ ।
रातमा खाना नखाँदा शरीरमा हर्मोनल असन्तुलन हुन्छ । यसले शरीरको मेटाबोलिज्म प्रोसेसमा नराम्रो असर पर्दछ र तौल घट्न झनै समस्या हुन्छ ।
रातको समयमा खाना नखाई सुत्नु हुन्न भन्ने कथनपनि हो । हो यो सत्य सावित हुन्छ ।
खाली पेट सुत्नुहुन्छ भने तपाईंको ऊर्जा क्षमता एकदमै कम हुन सक्छ । पूरा दिन थकान महसुस गर्नुहुन्छ र शरीरमा कयौं अन्य समस्या हुन्छन् ।
रातको खाना खानुहुन्न भने तपाईं रातमा आनन्दसँग सुत्न पनि सक्नुहुन्न । खाली पेट सुत्दा रातमा पटक पटक तपाईंको दिमागले भोको भएको संकेत दिइरहन्छ जसले गर्दा निद्रा लाग्दैन ।
जो व्यक्तिले रातमा खाना खाँदैनन् उनीहरुको मांसपेशी पनि कमजोर हुने गर्छ । खाली पेट सुत्दा प्रोटिन र अमिनो एसिडको कार्यक्षमतामा पनि नराम्रो असर पर्दछ ।
रातमा खाना खानुहुन्न भने अर्को दिन उठेर चिडचिडापन महसुस गर्नुहुन्छ । तपाईंको मुड खराब हुन्छ ।
खाली पेट सुत्दा इन्सुलिन लेवल पनि बिग्रन सक्छ । साथमा कोलेस्ट्रोल र थाइराइडको स्तर पनि बिग्रन्छ । यसले अन्य कयौं समस्या हुन सक्छन् ।