आजबाट होली पर्व सुरु, बसन्तपुरमा ठड्याइयो चीर (तस्बिरहरु)

काठमाडौं । फागु पर्वको आजदेखि विधिवत् रुपमा सुरुवात भएको छ ।फागुन शुक्ल अष्टमी अर्थात् आज बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा मौलिक बाजागाजासहित काठमाडौंको बसन्तपुरमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको भालुबाँसको चीर उठाइएको हो ।