काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई सोमबार (आज) पक्राउ गरी काठमाडौं ल्याइएको छ ।
सिआईबीको निगरानीमा रहेका महरालाई कपिलबस्तुबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी भीम ढकालले बताए ।
उनलाई काठमाडौं ल्याउन लागिएको ढकालले बताए । महराले इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप छ ।
६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीको छानबिनका लागि बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले महरालाई उक्त प्रकरणमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।
सोही अनुसार आवश्यक कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले आइतबार सुरक्षा संयन्त्रका उच्च अधिकारीसँगको बैठकपछि निर्देशन दिएका थिए । निर्देशन पाएको भोलिपल्टै अर्थात् सोमबार नै महरा पक्राउ परेका छन् ।