काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले राजनीतिकरणले कर्मचारीतन्त्र निकम्मा बनेकाे टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफलकाे क्रममा पराजुलीले राजनीतिक दलले निजामती सेवालाई राजनीतिबाट टाढा राख्नुपर्ने बताए ।
नेपालको निजामती क्षेत्रको इतिहासमा वि.सं २००९ सालमा सार्वजनिक सेवा सुधारको लागि बुच आयोग गठन भएको थियाे । त्यही बुच आयोगकाे सुझावमा प्रधानमन्त्री टंकप्रसाद आर्चायले २०१३ मा निजामती सेवा ऐन अन्तर्गत नेपालमा निजामती सेवा सुरु गरेका थिए ।
२०४७ सालकाे राजनीतिक परिवर्तनपछि कर्मचारी संयन्त्र यति काम नलाग्ने किन भयाे ? यसकाे निर्मम समीक्षा गरेर अगाडि बढ्नुपर्ने पराजुलीले बताए । उनले भने, ‘निजामति कर्मचारीले देशको विकास गर्नुपर्ने र सुशासनको प्रत्याभूति हुने गरि देशको वागडोर समातेर अगाडि बढ्नुपर्नेमा यति निकम्मा र प्रभावहीन कसले र किन बनायाे यसकाे निर्मम समीक्षा गर्नुपर्छ ।’
हेर्नुहाेस् भिडिओ :