साउदी अरेबियाले नेपाललाई दियाे ७४ रनको लक्ष्य

काठमाडौं । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा साउदी अरेबियाले नेपाललाई जितका लागि ७४ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउदी अरेबियाले निर्धारित आठ ओभरमा सात विकेट गुमाएर ७३ रन बनाएको हो ।

साउदीका ओपनर अब्दुल वाहिदले १६ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३७ बनाए । अन्य कुनै पनि साउदीका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका करण केसीले २ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले २ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । प्रतिश जि.सी र ललित राजवंशीले १–१ विकेट लिए ।

वर्षाका कारण तोकिएको समयमा खेल हुन नसकेपछि ओभर छोट्याएर खेल खेलाइएको थियो ।