क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने

काठमाडौं । सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ ।

उच्च अदालत पाटनले बलात्कार मुद्धामा सन्दीपलाई सफाई दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको हाे ।

‘क्यानले आफ्नो खर्च गरेर भएपनि सन्दीपलाई विश्वकप खेल्न पठाउँछ’ क्यानका एक पदाधिकारीले भने । यसबारे भाेलिसम्ममा आधिकारिक निर्णय आउने पनि उनले जानकारी दिए ।

आईसीसीको नियम अनुसार विश्वकपमा २५ मे सम्म कुनैपनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छन् ।

नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा ब्यस्त छ । नेपालले सन्दीपलाई पठाउदा अन्तिम १५ बाट एक खेलाडी भने बाहिर गर्नुपर्छ । कुन खेलाडी बाहिर हुने कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईमा भरपर्छ ।