आठ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारतको राजदूतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक भागबन्डाका आधारमा आठ देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको कानुनमन्त्री पदम गिरीले जानकारी दिए ।

उनले भने, ‘आठ वटा देशलाई राजदुत नियुक्तिका लागि सिफारिस गर्ने पनि निर्णय भएको छ । जसअनुसार अमेरिकाका लागि चन्द्र कुमार घिमिरे, भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, सुशील प्याकुरेल दक्षिण कोरिया, सुम्निमा तुलाधर डेनमार्क, नेत्रप्रसाद तिमल्सेना मलेसिया, डा विजन पन्त बेलायत, पुष्पराज राजकर्णिकार स्पेन, र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस गर्ने भन्ने निर्णय भएको छ ।

त्यस्तै, विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने पनि निर्णय भएको उनले जानकारी दिए ।