काठमाडौं। गायक राजेशपायल राई दुबई जाने क्रममा त्रिभुवन विमानस्थलबाटै फिर्ता भएका छन् ।
अत्याधिक मदिरा सेवनले मात्तिएका राईलाई उड्नै लागेको जहाजबाट निकालिएको हो । दुबई जान लागेका गायक राईले एयरलाइन्सका कर्मचारीसँग झगडा गरेपछि फर्काइएको हो । मदिरा सेवन गरी आएको जानकारी पाएपछि उनलाई विमानबाट निकालिएको एयरलाइन्स स्रोतले जनाएको छ ।
दुबईमा आयोजित साङ्गीतिक कार्यक्रममा सहभागी हुन उनी आज फ्लाई दुबईमार्फत प्रस्थान गर्दै थिए ।
यसअघि पनि उनी मदिरा सेवन गरेर विभिन्न अनैतिक क्रियाकलाप गरेको आरोपमा पक्राउ परेका थिए।