४ ओभरमा ६ विकेट गुमायो पोखराले

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पाँचौं खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीचको खेलमा पोखराका कप्तान कुशल भुर्तेल गोल्डेन डक भएका छन् । त्यसपछि आएका दिनेश अरेल र बास डि लिडेपनि शून्य रनमै आउट भएका छन् ।

सोहेल तन्विरले इनिङको पहिलो ओभर गर्ने क्रममा ४ रन दिएर ३ विकेट लिएका हुन् । चौथो ओभर गर्न आएका रिजन ढकाललेपनि ३ विकेट लिए ।

पहिले ब्याटिङ गरेको चितवन राइनोजले २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो ।

चितवनका लागि इंग्लिस ब्याटर बोपाराले ३८ बलमा ५१ रन बनाए। उनले तीन–तीन चौका र छक्का प्रहार गरे। कप्तान कुशल मल्ल र रवी बोपाराबीच ५६ रनको साझेदारी भएपछि चितवनको इनिङ्ग्स अघि बढ्यो।

बलिङमा पोखराका विपिन खत्री, बास डे लिडे र रेमन्ड राइफरले २– २ विकेट लिए।