काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पाँचौं खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीचको खेल जारी छ । टस जितेर फिल्डिङ गरेको पोखराले १६२ रनको लक्ष्य पायो । चितवनका लागि इंग्लिस ब्याटर बोपाराले ३८ बलमा ५१ रन बनाए। कप्तान कुशल मल्लले २३ बलमा ३८ रन बनाए ।
त्यसलगतै ब्याटिङ गर्न मैदानमा उत्रिएको पोखरा एभेन्जर्सका नारायण जोशीले २३ बलमा ३० रन बनाए अन्य खेलाडी चल्न सकेनन् । पोखराले पहिलो ओभरमै ३ विकेट गुमाउन पुगेको थियो । कप्तान कुशल भुर्तेल सोइल तन्भिरको बलमा गोल्डेन डक भएका थिए । त्यसपछि आएका दिनेश खरेल र बास डि लिडेपनि शून्य रनमै आउट भए ।
मार्कस र नारायण जोशीले ३० रनको साझेदारी गरे । १०.२ ओभरमा लुक बेनकेन्सटाइनले १६ बलमा १७ रन बनाएका मार्कसलाई आउट गरे । ७ ओभर गर्न आएका लुक बेनकेन्सटाइनको बलमा रेमन रेइफर आउट भएका छन् ।
इनिङको चौथो ओभर गर्न आएका रिजन ढकाललेपनि ३ विकेट लिए । ३ ओभर गरेका रिजनले १ ओभर मेडन फाले ।