काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पाँचौं खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो । टस जितेर फिल्डिङ गरेको पोखराले १६२ रनको लक्ष्य पायो । चितवनका लागि इंग्लिस ब्याटर बोपाराले ३८ बलमा ५१ रन बनाए। कप्तान कुशल मल्लले २३ बलमा ३८ रन बनाए ।
तनविर, रिजन र लुक बेन्केन्सटेइनले ३–३ विकेट लिएपछि १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमा ७४ रनमा अलआउट भयो ।
पोखराका लागि लोअर अर्डरमा आएका नारायण जोशीले सर्वाधिक २३ बलमा ३० रन बनाए । जोशीले २४ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । मार्कसले १७ रन जोडे । पोखरालाई अलआउट गर्न चितवनका तनविरले ३ ओभरमा १ मडन राख्दै ६ रन मात्र खर्चेर ३ विकेट लिए ।
रिजनले पनि ३ ओभरमा १ मेडन राख्नदै १० रन खर्चेर ३ विकेट लिए । लुकले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । दिपक बोहराले १ विकेट लिए ।