काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को बुधवारको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई १ सय ५० रनको लक्ष्य दिएको छ ।
काठमाडौं गुर्खाजले टस जितेर बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको कर्णालीले २० ओभरमा १ सय ४९ रन बनायो । कर्णालीका अपोनर शिखर धवनले ५१ बलमा नटआउट ७२ रन हाने । उनले ४ चौका र ५ छक्का हिर्काए । कर्णालीका ओपनर देव खनाल डक आउट भए। चाडविक वाल्डनले २१ रन, बाबर हायतले १३ रन, गुल्सन झाले १२ रन जोडे। अर्जुन घर्ती ४ रनमा बोल्ड भए। जिसनले १४ रन हाने ।