काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्स र लुम्बीनी लायन्सबीचको खेलमा विराटनगरले १ सय ९२ रनको लक्ष्य पाएको छ ।
बुधवारको दोस्रो खेलमा लुम्बिनीले विराटनगरलाई १ सय ९२ रनको बलियो लक्ष्य दिएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनाएको छ ।
लुम्बिनीका लागि कप्तान रोहित पोडेलले सर्वाधिक ४६ रन बनाए । टोम मुर्सले १७ बलमा ३० रन जोडे । आशुतोष घिरैयाले १३ बलमा १५ रन बनाए। अर्जुन साउद १७ रन, सन्दीप जोराले १२ रविन जाफरले १५ रन जोडे । विवेक यादव ७ बलमा ३ छक्काको सहयोगमा १९ रनमा नट आउट रहे ।
विराटनगरका इस्मात आलम, कप्तान सन्दीप लामिछाने र राजेश पुलामी मगरले समान १ विकेट लिए ।