काठमाडौं ७३ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई हराएको छ ।

नरेन साउदको पाँच विकेटको सहयोगमा सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १ सय ६८ रनको मध्यम लक्ष्य पछ्याएको काठमाडौंले १५.५ ओभरमा अल आउट हुदै ९४ रन जोड्न सक्यो ।

काठमाडौंका लागि स्टेफन स्किनाजीले सर्वाधिक ३७ रन जोडे । सुमित महर्जनले १४ रन, भीम सार्की १० रन, जेहार्ड एरास्मसले १० रन जोडे ।

सुदूरपश्चिमका लागि नरेन साउदले ४ ओभरमा १९ रन खर्चिएर ५ विकेट लिए । अभिनास बोहोराले २ तथा ब्रन्डन म्याकमुलन र सेफ जैबले समान १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको योगफल तयार गर्यो ।