रोहित पौडेलको ९५ रनको मद्दतमा लुम्बिनीले दियो पोखरालाई १७१ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य पस्केको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाउदै १७१ रन बनाएको हो । लुम्बिनीका कप्तान रोहित पौडेलले ५९ बलमा ९५ रन, टोम मरिसले ३८ बलमा ४५ रन, सन्दिप जोरा १५ बलमा १८ रन र विवेक यादवले १ बलमा २ रन प्रहार गरे । ओपनर उन्मुक्त चन्द र आशुतोष गिरहियालाई विपीन खत्रीले शून्य रनमै आउट गरे ।

पोखराका लागि विपिन खत्रीले २, म्याथवे क्रिटल्लीले १ विकेट  लिए ।

लुम्बिनी एक खेलमा हारको साथ तालिकाको सातौं स्थानमा छ भने पोखरा २ खेलमा २ हारसहित तालिकाको पुछारमा छ । लुम्बिनी आफ्नो पहिलो खेलमा विराटनगरसँग २ विकेटले पराजित भएको थियो भने पोखरा पहिलो खेलमा चितवनसँग ८७ रन र दोस्रो खेलमा जनकपुरसँग ७ विकेटले पराजित भएको थियो ।