एनपिएल : शुक्रवारसम्म भएका ११ खेलमा कुन टिमको कति जित ?

काठमाडौं । मंसिर १५ गतेदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) को आज छैटौँ दिन हो । छैंटौ दिनसम्म आइपुग्दा दर्शकहरुको क्रेज भने लगातार बढिरहदा एनपिएल थप रोचक बन्दै गएको छ । मंसिर १५ गतेदेखि सुरु भएको (एनपिएल) मा शुक्रवार सम्म ११ खेल भएका छन् ।

१) जनकपुर बोल्ट्स: आसिफ शेख मार्कि रहेको जनकपुर बोल्ट्स विराटनगर किंग्स र कर्णाली याक्सलाई ८ विकेट र पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै लगातार ३ खेलमा विजयी भएको छ ।

२) विराटनगर किंग्स: सन्दिप लामिछाने मार्कि रहेको विराटनगर किंग्स जनकपुर बोल्ट्ससँग ८ विकेट र सुदुपश्चिम रोयल्ससँग ९० रनले पराजित भएको छ भने लुम्विनी लायन्ससँग २ विकेटले विजयी भएको छ ।

३) कर्णाली याक्स: सोमपाल कामी मार्कि रहेको कर्णाली याक्सले शुक्रवार भएको पहिलो खेलमा चितवन राइनोजसँग खेलेको तेस्रो खेल हो । लगातार जनकपुर बोल्ट्ससँग ८ विकेट र काठमाडौं गुर्खाजसँग ३ विकेटले हार व्यहोरेको कर्णाली याक्सले शुक्रवार भएको चितवन राइनोजलाई ६ विकेटले पराजित गरेर विजयी सुरुवात गरेको छ ।

४) चितवन राइनोज: कुशल मल्ल मार्कि रहेको चितवन राइनोजले काठमाडौं गुर्खाजविरुद्ध ३ विकेट र पोखरा एभेन्जर्सविरुद्ध ८७ रनले जित दर्ता गरेसँगै शुक्रवार कर्णाली याक्ससँग भएको तेस्रो खेलमा पनि ६ विकेटले पराजित भएको छ ।

५) काठमाडौं गुर्खाज: करण केसी मार्कि रहेको काठमाडौं गुर्खाजले पनि शुक्रवारसम्म तिन खेल खेलिसकेको छ । काठमाडौं गुर्खाजले चितवन राइनोजसँग ५ विकेट र सुदुरपश्चिम रोयल्ससँग ७३ रनले पराजित भएको छ भने कर्णाली याक्सविरुद्ध ३ विकेटले जित हात पारेसँगै तिन खेदमा एक जित दुई हार व्यहोरेको छ ।

६) पोखरा एभेन्जर्स: कुसल भुर्तेल मार्कि रहेको पोखरा एभेन्जर्सले चितवन राइनोजसँग ८७ रन र जनकपुर बोल्ट्ससँग ७ विकेट हार व्यहोरेको छ भने लुम्विनी लायन्सलाई १० विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

७) सुदुरपश्चिम रोयल्स: दिपेन्द्र सिंह ऐरी मार्कि रहेको सुदुरपश्चिम रोयल्सले शुक्रवारसम्म दुइ खेल खेलेको छ । विराटनगर किंग्सलाई ९० रन र काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गर्दै लगातार दुइ जित हासिल गरेको छ ।

८) लुम्विनी लायन्स: रोहित कुमार पौडेल मार्कि रहेको लुम्विनी लायन्सले पनि शुक्रवारसम्म दुई खेल खेलिसकेको छ । लुम्विनी लायन्स पहिलो खेलमा विराटनगर किंग्ससँग २ विकेटले पराजित भएको छ भने दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटले पराजित भएको छ ।

एनपिएलमा सहभागी ८ फ्रेन्चाइज मध्ये जनकपुर बोल्ट्सले लगातार तिन खेलमा जित निकाल्दैँ ६ अंकका साथ शिर्ष स्थानमा छ । सुदुरपश्चिम रोयल्स र चितवन राइनोज ४/४ अंकका साथ दोस्रो स्थानमा छन् भने कर्णाली याक्स, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स र विराटनगर किंग्स २ /२ अंकका साथ तेस्रो स्थानमा छन् । यस्तै लुम्विनी लायन्स शुन्य अंकका साथ पुछारमा छ ।