कर्णालीविरुद्ध १ सय ३ रनमा समेटियो पोखरा

काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

विलियम बोसिस्टोले घातक बलिङका कारण पोखरा १६.३ ओभरमा सबै विकेट गुमाएर १ सय ३ रनमा समेटियाे ।

बोसिस्टोले ४ ओभर बलिङ गर्दै मात्र २८ रन खर्चेर ६ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको पोखराले सुरुवात भने निकै राम्रो गरेको थियो । ओपनरद्वय दिनेश खरेल र आन्द्रियस गाउसले तीव्र गतिमा रन बनाउँदै ३.५ ओभरमा ४६ रन जोडेका थिए ।

गाउस १२ बलमा २५ रन जोड्दै आउट भए । उनले ४ चौका र १ छक्का प्रहार गरे । लगत्तै, खरेल पनि १९ बलमा २६ रन जोडेर पभेलियन फर्किए ।

त्यसपछि भने पोखराले लय गुमायो । मात्र ४३ रनमा टोलीले थप ६ विकेट गुमाउन पुग्यो । रेमन राइफरले २६ बलमा २० तथा कप्तान कुशल भुर्तेलले ११ बलमा रन जोडे । मध्यक्रमका अन्य ब्याटर चल्न सकेनन् ।