काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित हात पारेको छ ।
सुरुवाती दुई खेलमा पराजित भएको मंगलबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णालीले लगातार तेस्रो जित दर्ता गरेको हो ।
पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।
कर्णालीको जितमा गुल्सन झाले नटआउट ४९ रन जोडे । एक रनले अर्धशतकबाट विमुख भएका उनले ३७ बलमा ३ चौका र ४ छक्का प्रहार गरे ।
त्यसअघि कर्णालीका ओपनर भने चल्न सकेनन् । देव खनाल शून्य र बाबर हायत ७ रनमा आउट भए ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा दिनको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरालाई कर्णालीले अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टो एक्लैले ६ विकेट लिएपछि १६.४ ओभरमै अलआउट गरेकाे थियाे ।