कर्णालीले दियाे जनकपुरलाई ११९ रनको सामान्य लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको सामान्य लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनायो ।

कर्णालीका गुल्सन झाले सर्वाधिक २५ रन जोडे । देव खनालले २४, जिशन मक्सुद १२, चाडविक वाल्टन ११ र विलियम वोसिष्टोले १४ रन बनाए ।

बलिङमा ललित राजवंशी, जिमि निशम र मोहम्मद मोहसिनले दुई दुई, हर्ष थाकर र शेर मल्लले एक–एक विकेट लिए ।

यो खेलको विजेताले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग शनिबार खेल्नेछ ।