काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री हुँदा गाली खान नपरेपनि भयानक असहयोग भएको महसुस गरेकाे गुनासाे गरेका छन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्राे राष्ट्रिय महाधिवेशनमा बोल्ने क्रममा अध्यक्ष प्रचण्डले कर्मचारी संगठनका नेतृत्वले अपमानित र हिनताबोध हुनेगरी गाली गर्ने काम भएको बताए ।
प्रचण्डले भने, ‘तपाईंहरूलाई अपमानित हुनेगरी, हिनताबोध हुनेगरी गाली पनि गरे भन्नुभयो, मैले प्रधानमन्त्रीको रुपमा गाली त सुन्न परेन । तर, असहयोग भयानक मैले पनि महसुस गरेको छु ।’
उनले आफू पदमा हुँदा सत्तापक्ष र प्रतिपक्षबीच संवाद हुने गरेको भए पनि अहिले त्यस्तो नभएको गुनासो गरे ।
‘मैले रातारात अबरपति–करोडपति बन्ने, त्यो पनि सेटिङबाट बन्ने । अलि धेरै ठूला ठूला पुँजीपति, ठूला कर्मचारी र विचौलियाहरूका बीचमा सेटिङ हुने र सेटिङबाट नियुक्ति हुने । नियक्ति नभए दबाब दिने जुन प्रक्रिया मैले झेलेको छु’ प्रचण्डले भने ।
हेर्नुहाेस् भिडिओ :