काठमाडौं । प्रतिकूल मौसम बदली हुँदा हवाई उडान प्रभावित भएको छ । ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स भिएफआर उडान भइरहे पनि काठमाण्डौ बाहिरका धेरैजसो विमानस्थलमा बिहान हवाई उडान हुन सकेन । काठमाण्डौ बाहिरका विमानस्थलमध्ये भद्रपुर, भरतपुर, पोखरा र सुर्खेतबाहेक अन्य विमानस्थलमा उडान हुन नसकेको हो ।
काठमाण्डौ विमानस्थलमा भने आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान नियमित रूपमा सञ्चालन भइरहेको छ । आन्तरिकतर्फ काठमाण्डौबाट सिधा उडान हुने कतिपय विमानस्थलमा उडान हुन नसकेको जनाइएको छ ।