
काठमाडौं । सहकारी ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीसम्बन्धी हिनामिना सम्बन्धमा आइतबार जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अभियोगपत्र दर्ता गरेको हो । सरकारी वकिल कार्यालयले ३९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
प्रहरीले ४४ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको थियो । पाँच जनाको ठेगाना नखुलेको कारण मुद्दा दायर भएन ।