
काठमाडौं । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएपनि उनी तत्काल छुट्ने अवस्था भने छैन ।
रविविरुद्ध यसअघि नै थप जिल्लामा पक्राउ पुर्जी जारी भएको छ । जसकारण कास्कीमा धरौटी बुझाएर पनि उनी नछुट्ने देखिएको हो ।
काठमाडौं जिल्ला अदालतमा रविविरुद्ध मुद्दा अभियोजन भइसकेको छ । कास्कीको थुनछेक प्रक्रिया सकिएकाले अब उनलाई काठमाडौं ल्याउने तयारी छ ।
यस्तै, रविलाई पक्राउ गरेर आवश्यक सहयोग गरिदिन रुपन्देही, पर्सा र चितवन प्रहरीले पनि यसअघि नै कास्की प्रहरीलाई पत्राचार गरिसकेको छ ।
यसकारण सबै स्थानमा मुद्दाको थुनछेक आदेश नहुँदासम्म उनी छुट्ने अवस्था नदेखिएको हाे ।