चुकेनीको विद्युतले झिलिमिलि जुम्ला, लोडसेडिङ हट्यो

काठमाडौ । विद्युतको उज्यालो अभाव खेपिरहेको जुम्लामा पहिलो पटक एक मेगावाट विद्युत उत्पादन भएपछि गाउँ झिलिमिलि भएको छ ।पातारासी गाउँपालिकाको चुकेनी जलविद्युत सहकारी संस्था लिमिटेडबाट सञ्चालित योजनाको निर्माण सम्पन्न भइ संचालनमा आएपछि विद्युतको अभाव टरेको हो ।

जुम्लाको खलंङ्गगा बजारमा दैनिक १८ घण्टासम्म लोडसेडिङ्ग हुने गरेको थियो । नेपाल विद्युत प्राधिकरण जुम्लाको घुघुतिमा रहेको पावरहाउसका मेसिनमा पटक पटक आउने समस्या र जुगाड खोलामा पानीको वहाव घट्दै जाँदा लोडसेडिङ्ग बढ्ने गरेको थियो ।तर अहिले चुकेनी जलविद्युत योजनाले विद्युत उत्पादन गरेपछि लोडसेडिङ्गको मार हटेको छ । जुम्लामा विद्युत प्राधिकरणले केन्द्रीय प्रसारण लाइन पुर्याए पनि भोल्टेज कम हुने समस्या हुँदा विद्युत प्रयोग माग अनुसार हुन सकेको थिएन ।

पातारासी गाउँपालिका–१ मा निर्मित एक मेगावाटको चुकेनी खोला जलविद्युत परियोजनाको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र एशियाली विकास वैकको आर्थिक सहयोग स्थानीय तथा गाउँपालिकाको स्वलगानी र कृषि विकास वैंकको ऋण लगानी तथा संयुत राष्ट्र संघीय विकास कार्यक्रम अन्र्तगतको ग्रामिण जिविको पार्जनका लागि नविकरणीय ऊर्जा कार्यक्रमको प्राविधिक सहयोगमा हालै निर्माण सम्पन्न भएकाले हाल जुम्ला बजार झिलिमिली भएको हो ।यस परियोजनामा पातारासी गाउँपालिकाका सम्पुर्ण घरधुरीको शेयर रहेको चुकेनी जलबिद्युत सहकारी संस्थाका अध्यक्ष गोर बहादुर बुढाले बताए ।

अध्यक्ष बुढाका अनुसार परियोजना निर्माणका लागी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत एशियाली विकास बंक र नेपाल सरकारको रु २८ करोड ४४ लाख ३० हजार अनुदान, रु ५ करोड नेपाल सरकारको मु.अ कर सहयोग तथा स्थानीय जनता, गाउँपालिका र प्रदेश सरकारको शेयर लागनी रु ११ करोड गरी जम्मा रु ४४ करोड ४४ लाख ३३ हजार लगानी रहेको छ ।राष्ट्रिय प्रशारण प्रणालीको भरपर्न नसकिने बिद्युत आपूर्तिले हैरान जुम्लावासी गाउँपालिकाको सिरानमा रहेको यस चुकेनी खोला साना जलविद्युत परियोजनाको निर्माण धेरैको चासोमा थियो ।

परियोजनाबाट लामो प्रतिक्षापछि जुम्लाले भरपर्दो तथा गुणस्तरिय विद्युत बाल्न पाएकोमा उपभोक्ताहरु हर्षित भएको नविकरणीय उर्जाका लागि जिविकोपार्जन परियोजनाका फिल्ड संयोजक पृथ्वी शाही बताउँछन् ।गाउँपालिका भित्र सहकारी आफैले विद्युत वितरण गरेको छ भने अन्य स्थानका लागी नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरी सेवा पुर्याएको शाहीले जानकारी दिए ।सदरमुकाम एवम चन्दननाथ नगरपालिका वरिपरिका स्थानमा गुणस्तरीय र पयापर््त मात्रामा विद्युत उपलब्ध भएपछि साना ठुला उद्योगहरुलाई सहज भएको छ ।

विद्युत अभावका कारण संचालनमा आउन नसकेका उपकरणहरु पनि धमाधम प्रयोगमा आउन थालेको र अन्य व्यवसायी, विद्यालय, स्वास्थ्य चौकी, सरकारी कार्यालय तथा संघ संस्था र घरधुरीहरुले विद्युतीय हिटर, एयरकन्डिसनर, कुकर, केत्ली जस्ता उपकरणहरु प्रयोग गर्न थालेको नेपाल बिद्युत प्राधिकरण जुम्ला वितरण शाखाका प्रमुख राम आशिष शाहाले जानकारी दिए ।साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अक्सिजन प्लान्ट समेत सन्चालनमा आएको छ । हाल जिल्लाका प्राधिकरणको प्रणालीमा आवद्ध करिव साढे सात हजार घरधुरीले पनि सोही परियोजनाको विद्युत प्रयोग गरिरहेको विद्युतप्रधिकरण वितरण केन्द्रले जनाएको छ ।परियोजनाले चन्दननाथ नगरपालिका भित्रका सम्पूर्ण व्यवसायीहरुलाई ठुलो टेवा पुगेको समेत नगर प्रमुख राजु सिंह कठाएतले वताए ।