रविलाई छाड्ने न्यायाधीशविरुद्ध न्यायपरिषदमा उजुरी हालेका सफलले फेरि दिए कारबाहीकाे माग गर्दै निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई धरौटीमा छाड्ने कास्की जिल्ला न्यायाधीश नितिज राईविरुद्ध न्यायपरिषदमा उजुरी हालेका युवराज सफलले पुन: ध्यानाकर्षणसहित कारबाही गर्नुपर्ने माग राखेर निवेदन दिएका छन् ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा लामिछानेलाई ६५ लाख धरौटीमा छाड्ने आदेश गैरकानुनी रहेको दाबीसहित न्यायाधीश राईमाथि कारवाही माग गरिएको छ ।

सवुत–प्रमाण र तथ्य हुँदा हुँदै धरौटी लिएर तारेखमा छाडिएको दाबीसहित सिन्धुलीका युवराज सफलले गएकाे पुस २६ गते न्यायाधीश राईविरुद्ध न्याय परिषदमा उजुरी दर्ता गराएका थिए ।

बुधबार दिइएकाे निवेदनमा सफलले तीन बुँदामा न्यायाधीश नितिज राईविरुद्ध उठेका प्रसंग र विषय उल्लेख गरेका छन् । उनले माओवादी अध्यक्ष प्रचण्डकाे दबाबमा राईले लामिछानेसहित अन्यलाई धराैटीमा छाेड्न लगाएकाे आराेप पनि लगाएका छन् ।

हेर्नुहाेस् ध्यानाकर्षण निवेदन :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१