काठमाडौं । तीनकुनेस्थित एक घरमा राजावादीहरूद्वारा आगजनी गरिएको छ । आगजनी सुरु भएको ढिलागरी दमकल पुगेपनि आगो निभाउन भने सकेन् ।
राजावादीहरूको प्रदर्शन बिथोलिएपछि प्रदर्शनकारीहरुले तीनकुनेस्थित मार्बल हाउसमा आगजानी गरेका थिए । तर दमकललाई प्रदर्शनकारीले प्रवेश नै तीनकुने स्थलबाट जानकारी दिए । शाहीका अनुसार घरमा लागेको आगो निभाउन दमकल र शसस्त्र प्रहरीले प्रयास गरेपनि असफल भएका हुन् ।
तीनकुने क्षेत्रमा चार घरमा प्रदर्शनकारी तोडफोड गरेका हुन् ।आगजानी भएको ठाँउ अझैसम्म पनि दमकल पुग्न सकेको छैन् । तीनकुनेको रोयल रोयल बैंक्वेट छेउको दुईटा घरमा छिरेर उनीहरुले आगजनी गरेका हुन् ।यसअघि उक्त घरमा राजावादीले ढुंगा हानेर शिशा फुटाइदिएका थिए ।