राजावादीले आगो लगाएको तिनकुनेको घरमा मृत भेटिए पत्रकार

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनकारीले आगजनी गरेको घरभित्र एकजना व्यक्ति जलेर चिन्न नसकिने अवस्थामा मृत फेला परेका छन् ।

प्रहरीका अनुसार लिंगसमेत पहिचान नभएका ती व्यक्तिको सनाखत भएको छैन ।

एभिन्युज टेलिभिजनले लाइभमै आफ्नो पत्रकार सुरेशको मृत्यु भएको उल्लेख गरेको छ । एभिन्युज टेलिभिजनका अनुसार भिडिओ पत्रकार सुरेश रजकको आगलागीमा परेर मृत्यु भएको हो ।

तीनकुनेको रोयल बैंक्वेट नजिकैको घरमा राजावादीहरुले शुरुमा तोडफोड गरेर त्यसपछि आगो लगाएका थिए ।