वाग्मती र विष्णुमती नदीको दुर्गन्ध हटाउन आवश्यक : प्रकाशमान सिंह

काठमाडौं। उपप्रधानमन्त्री र शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौंका दुर्गन्धित वाग्मती र विष्णुमती नदीलाई सफा बनाउन आवश्यक रहेको बताएका छन्।

बागमती एकीकृत सभ्यताको ३१औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै कांग्रेसका नेतासमेत रहेका सिंहले उपत्यकाका नदीहरूबाट फैलिएको दुर्गन्ध हटाउन र तिनीहरूलाई स्वच्छ बनाउने योजना अघि बढाउनु पर्ने आवश्यकता औंल्याए। “हामीले गर्ने भनेको नदीहरूलाई स्वच्छ बनाउन र दुर्गन्ध हटाउन, यसका लागि योजना बनाएर अगाडि बढ्नु बाहेक अरु उपाय छैन,” उनले भने।

वाग्मती नदी किनारमा रहेका धेरै सम्पदाहरूको हेरिटेज वाकको चर्चा भएपनि, काम प्रभावकारी हुन नसकेको प्रति उपप्रधानमन्त्री सिंहले असन्तुष्टि व्यक्त गरे। “नदीहरूको करिडोर बनाउने जुन काम छ, त्यसलाई प्रभावकारी रुपमा अगाडि बढाउन सबैसँग समन्वय गरेर व्यवस्थित रुपमा सुरु गर्नुपर्छ,” उनले जोड दिए।

सिंहले हेरिटेज वाकदेखि करिडोरलाई व्यवस्थित गर्नुका साथै वर्षा मौसममा देखिने बाढीको नियन्त्रण र नदी सफा गर्ने काम तत्काल गर्नुपर्नेमा जोड दिए।उपप्रधानमन्त्री सिंहले वाग्मती नदी किनारमा रहेका मन्दिरहरूको पुनर्निर्माण र जीर्णोद्धारसमेत गरिएको बताए।उनले थपे, “प्रचारबाजीका लागि मात्र होइन, जनताले महसुस गर्नेगरी काम गरेर देखाउने समय आइसकेको छ।