काठमाडौं ।प्रहरी प्रधान कार्यालयले १२१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको सरुवा गरेसँगै काठमाडौं उपत्यकाका सात प्रहरी वृत्तमा प्रमुखहरू परिवर्तन भएका छन्।
नयाँ बानेश्वर प्रहरी वृत्तको प्रमुखमा जिल्ला प्रहरी परिसर काठमाडौंमा मुद्दा शाखामा कार्यरत डीएसपी हरि खतिवडालाई खटाइएको छ। त्यस्तै, थानकोट प्रहरी वृत्तको नेतृत्व अब डीएसपी एलिजा गिरीले सम्हाल्नेछिन्।
कीर्तिपुर प्रहरी वृत्तमा डीएसपी रामबाबु महर्जन, बालाजुमा ज्ञानबहादुर बिष्ट, र कालिमाटीमा मधुकुमार थापा सरुवा भएका छन्।ललितपुरको चापागाउँ प्रहरी वृत्तमा डीएसपी यमकुमार श्रेष्ठले नेतृत्व सम्हाल्ने भएका छन् भने भक्तपुरस्थित थिमी प्रहरी वृत्तको जिम्मेवारी डीएसपी नवराज ढुंगानालाई दिइएको छ।प्रहरी प्रधान कार्यालयले कार्यक्षमता, सेवा प्रवाह र संगठनात्मक सन्तुलनका आधारमा सरुवा गरिएको जनाएको छ।