
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ सम्पन्न भएको छ।
न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासमा उक्त रिटसहित अन्य दुई रिटमाथि पनि सुनुवाइ सकिएको हो। अब आदेश आउन बाँकी छ।
उक्त अन्य दुई रिट लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले सहकारी प्रकरणमा उजुरी दिने नारायणबहादुर पहराईसहित ४४ जनालाई विपक्षी बनाएर वैशाख ७ गते दायर गरेका थिए।
त्यसै दिन लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतमा दर्ता गराएकी थिइन्।