आईसीसी महिला टी–२० विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोट प्रतियोगिताको सुपर–३ चरणमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई पाँच विकेटले हराएको हो ।
योसँगै एसियाबाट थाइल्यान्ड र नेपाल ग्लोबल छनोटमा पुग्न सफल भएका छन्।
अब नेपालले मंगलबार अन्तिम खेल थाइल्यान्डसँग खेल्नेछ। उक्त खेल दुवै टोलीका लागि अभ्यास मात्रै हुनेछ। नेपालले पहिलोपल्ट ग्लोबल छनोटमा स्थान बनाएको हो। अब विश्वकप पुग्न अन्तिम चरणको छनोट खेल्नेछ। उक्त छनोटमा १० टिमले प्रतिस्पर्धा गर्नेछन्। शीर्ष ४ टोलीले विश्वकपमा स्थान बनाउने छन्।
आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौटको सुपर थ्री अन्तर्गतको खेलमा युएईले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै ११४ रन बनाएको थियो ।
युएईकी इशा ओजाले सर्बाधिक ३९ रन बनाएकी थिइन् भने थीर्था सतिशले २१, हिना होटचानदनीले २० रन बनाएकी थिइन् ।
नेपाली बलर मनिषा उपाध्यायले सर्बाधिक ४ विकेट लिएकी थिइन् भने कविता कुँवरले २ र राजमती ऐरीले एक विकेट लिएकी थिइन् ।
११५ रनको लक्ष्य पाएर जवाफि ब्याटिङ्मा उत्रिएको नेपाली महिला टोलिले १९.३ ओभरमा नै ११५ रनको लक्ष्य पच्छाएको छ । नेपाललाई जित दिलाउने क्रममा कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन् भने रुबिना क्षेत्रीले २३ तथा ओपनर सम्झना खड्काले २१ रन बनाए ।त्यस्तै अलराउण्डर पुजा महतोले पनि महत्वपुर्ण १३ रन बनाएकी छन्।