
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ सुरु भएको छ। सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा भइरहेको हो।
यसअघि आइतबार न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले निवेदन हेर्न मिल्ने इजलासमा पठाउन सर्वोच्च अदालत प्रशासनलाई आदेश दिएको थियो।
त्यसअनुसार सोमबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ तय गरिएको थियो।
तर, रवि लामिछानेका तर्फबाट बहस गर्ने वकिल प्रधानन्यायाधीशसँग र पूर्वडीआईजी जोशीका तर्फबाट बहस गर्ने वकिल न्यायाधीश पाण्डेयसँग पारिवारिक सम्बन्ध रहेको देखिएपछि उक्त इजलासले उक्त मुद्दा हेर्न नमिल्ने निर्णय गरेको थियो।