काठमाडौं। मनकामना दर्शनका लागि आएका एक भारतीय तीर्थयात्रीको शौचालयमा लडेर मृत्यु भएको छ। इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केवलकार स्टेशनमा रहेको शौचालयमा लडेर उनी अचेत अवस्थामा भेटिएका थिए।
मृतक ६२ वर्षीय मन्नुप्रसाद भट्ट गुजरात, भारतको पालनपुरका निवासी हुन्। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अचेत अवस्थामा फेला परेका भट्टलाई उपचारका लागि इच्छाकामना आधारभूत अस्पताल, कुरिनटार ल्याइएको थियो। तर, अस्पतालमा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्।
शव परीक्षणका लागि भट्टको शव भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।