राप्रपा नेपालको केन्द्रीय समिति विस्तार बैठक मंगलबार बस्ने

काठमाडौं।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति विस्तार गरिएको बैठक मंगलबार काठमाडौँमा बस्ने भएको छ। बैठकमा केन्द्रीय सदस्यहरू र जिल्ला अध्यक्षहरूको सहभागिता रहनेछ।

पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार, बैठकमा अध्यक्ष कमल थापाले आन्दोलनसम्बन्धी रणनीति र कार्ययोजना समेटिएको कार्यपत्र प्रस्तुत गर्नेछन्। उनका अनुसार अधिकांश जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्यहरू काठमाडौँ आइपुगेका छन् भने बाँकी सहभागीहरू भोलि बिहानसम्म आइपुग्नेछन्।

पार्टीले जनाएको अनुसार, अन्य समयको जस्तो सचिवालय, संगठन वा आर्थिक प्रतिवेदन प्रस्तुत नहुने र यो बैठक विशेषतः आन्दोलन केन्द्रित विषयमा सीमित रहनेछ।

आउँदो जेठ १५ गते तय गरिएको आन्दोलनलाई व्यवस्थित, प्रभावकारी र शान्तिपूर्ण बनाउन अध्यक्ष थापाले बैठकमा निर्देशनात्मक अभिव्यक्ति दिने कार्यक्रम छ।