पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि कुशल भुर्तेललाई ‘मार्की खेलाडी’को रूपमा पुनः रिटेन गरेको छ।
गत संस्करणमा लक्की ड्रमार्फत भुर्तेललाई टिममा समावेश गरिएको हो।
मार्की खेलाडी भएर टोलीमा भित्रिएका कुशल भुर्तेलले अघिल्लो वर्ष टोलीको कमान सम्हालेका थिए । यसपालि पनि पोखरा टिम व्यवस्थापनले भुर्तेललाई नै निरन्तरता दिने भएको छ ।
पहिलो संस्करणमा पोखराले ७ खेलमा २ जित र ५ हार व्यहोर्दै अङ्कतालिकामा पुछारबाट दोस्रो स्थानमा यात्रा टुङ्ग्याएको थियो ।
दोस्रो सिजन आउन करिब ६ महिना अगावै नै पोखरा एभेन्जर्सले सामाजिक सञ्जालमार्फत आगामी सिजनका लागि कप्तान रिटेन गरिएको जानकारी दिएको छ। उनीहरूकै आधिकारिक फेसबुक पेजमा कुशल भुर्तेलको तस्बिर राख्दै टोलीले यस्तो जानकारी दिएको हो । पोस्टमा “पोखरा एभेन्जर्स कोर टिमको, रिटेन्सन फाइनल भयो। सिजन २ मा को-को खेलाडी रिटेन हुदैँछन् त भनेर अनुमान लगाउन आग्रह गरेको छ ।