‘कर्मचारी मात्र दोषी ठहर्याएर सांसदहरू बच्न सक्दैनन्’ : सुमना श्रेष्ठ

काठमाडौँ । रास्वपाका सांसद सुमना श्रेष्ठले निजामती विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ को विषयमा आएको विवादमा कर्मचारीलाई दोषी देखाएर सांसदहरू उम्कन नमिल्ने बताएकी हुन् ।

सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वमन्त्री समेत रहेकी श्रेष्ठले कुनैपनि विधेयक समिति, उपसमिति हुँदै संसदको फुल हाउसमा जाने प्रक्रिया रहेकाले गल्ती कमजोरी कहाँबाट भएको हो त्यो पहिला खोज्नुपर्ने बताइन् ।

उनले कुलिङ अफ पिरियड निजामतीमा मात्र नभएर निजी क्षेत्रलाई समेत लाग्नुपर्ने भन्दै त्यहाँ राखिएको व्यवस्था नै गलत भएको बताइन् ।  ‘बाहेक भन्ने शब्द कहाँबाट आयो मलाई थाहा छैन भनेर पलपुर भएको छ । त्यो शब्द मूल विधेयकमा छ ।

जब मूल विधेयकबाट यो बाहेक भन्ने शब्द हटाइन्न, त्यतिबेलासम्म त त्यो कायम रहन्छ’, श्रेष्ठले भनिन्, ‘त्यसैले कर्मचारीतन्त्रलाई दोष देखाएर सांसदहरू उम्कन मिल्दैन । ’श्रेष्ठले हेलचेक्र्याइँ हो वा मिडियामा आएको भरमा बोल्ने संस्कारप्रति प्रश्न उठेको बताइन् । उनले गल्ती सुधार गर्न स्वीकार गर्नुपर्ने पनि बताइन् ।