एन्फालाई फुटबल होइन, केवल राजनीति चाहिएको छ- प्याट्रिक डे वाइल्ड

नेपाली महिला फुटबल टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि गम्भीर आरोप लगाएका छन्।द काठमाडौं पोस्टका पत्रकार नायक पौडेललाई दिएको विशेष अन्तर्वार्तामा वाइल्डले एन्फालाई फुटबल विकासभन्दा राजनीति र आफ्नो स्वार्थ प्राथमिक रहेको आरोप लगाएका छन्।

“सुरुको दिनदेखि नै समस्या सुरु भयो,” उनले भने, “खेलाडीहरूलाई होस्टेलजस्तो होटलमा राखिएको थियो, खानाको गुणस्तर पनि अत्यन्त खराब थियो। म मुख्य प्रशिक्षक भएर आएको भए पनि मलाई टिमबाट अलग एक होटलमा राखियो।”

मैले भनेँ — खेलाडी र प्रशिक्षक एउटै होटलमा बस्नुपर्छ। उनीहरूले मलाई थ्रि-स्टार होटल दिन खोजे, तर मैले फोरस्टार चाहिन्छ भनेपछी समस्या त्यहीबाट सुरु भएको हो ।

त्यही बेलादेखि एन्फा अधिकारीहरूले यो प्रशिक्षकसँग काम गर्न गाह्रो हुन्छ भन्ने महसुस गर्न थाले। तर मैले जे मागेँ, त्यो सबै खेलाडीहरूकै हितमा थियो। आखिर एन्फा त खेलाडी र फुटबलकै लागि हो, हैन र?

वाइल्डले आफूलाई चार तारे होटलको माग गरेपछि एन्फाका अधिकारीहरूले उनलाई ‘कठिन कोच’ ठान्न थालेको बताए।

टिम व्यवस्थापनसँगको मतभेदको विषयमा उनले थपे, क्याप्टेन छान्दा समेत विवाद भयो। सबित्रा भण्डारी नेपालले अहिलेसम्म पाएको सबैभन्दा उत्कृष्ट खेलाडी हुन्। उनी नभए नेपालले जित्न गाह्रो पर्छ। गीता राना र सरस्वती हमाल पनि उत्कृष्ट खेलाडीहरू हुन्। सबै विवादहरूका बाबजुद, खेलाडीहरूले सबै कुरा बिर्सिएर राम्रो खेल खेलेकै हुन् । अवस्था जे-जस्तो भएपनि खेलाडीले आफ्नो धर्म कहिले बिर्सेनन् र जहिले मैदानमा ज्यान दिन तयार भए ।

वाइल्डले कहिलेकाहीँ त होटलमा बरफ पनि हुन्नथ्यो भनेर उक्त अन्तरवार्तामा बताएका छन् । सोच्नुस् त, बरफ पनि नपाइने अवस्था!वाइल्डले होटलमा साधारण आवश्यकतासमेत पूरा नभएको भन्दै आक्रोश पोखे।

म त्यस्ता प्रशिक्षक होइन जो केवल कफी पिउँछ र खेलाडीहरूलाई निर्देशन दिन्छ। म फरक छु। ‘यो गर’, ‘त्यो नगर’ भन्ने दबाब दिने शैली फुटबलको लागि राम्रो होइन।

एन्फाबाट अपेक्षित सहयोग नपाएको उल्लेख गर्दै उनले भने, “मैले भौतिक प्रशिक्षक, भिडियो विश्लेषक, जिपिएस उपकरण र आधारभूत विश्लेषण टूल मागेँ — तर कुनै जवाफ आएन। न त डाटा, न क्यामेरा, न विश्लेषण —यस्तो अवस्थामा म के गरूँ?” भनेर वाइल्डले भावुक प्रश्न उठाएका छन् ।

राजनीतिक दबाबले खेलाडीहरूमा तनाव थपिएको भनेर वाइल्ड गम्भिर बने ।

नेपाल–उजबेकिस्तान खेलको दिन प्रधानमन्त्रीसँगको भर्चुअल मिटिङका कारण खेलाडीहरू मानसिक तनावमा परेको उनले खुलासा गरे। उजबेकिस्तानबिरुद्दको महत्वपुर्ण खेलमा हामी पेनाल्टी सुटआउटमा पुग्यौं । ३-१ को स्थितीबाट निर्धारीत ९० मिनेट सकिंदा खेल बराबरीमा ल्याइपुर्याउन नेपाली खेलाडीहरुले निकै मिहिनेत गरेका थिए । तर पेनाल्टि सुटआउटमा ३ देखि ५ जना खेलाडीले पेनाल्टी प्रहार गर्नै चाहेनन् ,किन? किनभने उनीहरू तनावमा थिए। यो केवल खेलको तनाव थिएन, यो राजनीतिक दबाब पनि थियो। निकै महत्वपुर्ण खेलको दिन बिहान ११ बजे प्रधानमन्त्रीसँग भर्चुअल मिटिङ छ भनेर भनिन्छ। यसले तिनीहरूलाई अत्यधिक दबाबमा राख्यो ।

साच्चै त्यो महत्वपुर्ण समयमा प्रधानमन्त्रीसँगको भर्चुअल मिटिङ कति आवश्यक थियो । यो कुराले आफुलाई अचम्म लागेकाले उजबेकिस्तानलाई ,के तिमीहरूलाई राष्ट्रपति‌ले फोन गरे? भनेर सोधेको पनि बताए । जवाफमा उनिहरुले आफुहरुलाई राष्ट्रपतिबाट कुनैपनि कल नआएको बताए ।
यहि प्रसंगमा वाइल्डले चर्चित स्पेनिस क्लब रियर मड्रिडको पनि उद्हारण लिए ।जब रियल मड्रिड च्याम्पियन्स लिग खेल्छ, के क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेज पत्रकार सम्मेलन गर्छन् ?पक्कै गर्दैनन् ।

कसैको राजनितीक स्वार्थपुर्तीका लागी खेलाडीमाथीको दवाब बढाइनु पक्कै पनि राम्रो होइन ।

उजबेकिस्तानसंग पराजित भएसंगै सोजै बेलजियम पुगेका वाइल्ड अब एन्फाले आफ्ना जायज मागहरु पुरा गरिदिएको खण्डमा मात्रै नेपाल फर्किने बताएका छन् । र यदि ‘फेरि फर्किएँ भने, आफ्नो हिसाबमा टिम बनाउने प्रतिक्रिया दिएका छन् ।

प्रशिक्षक वाइल्डले आफू नेपाली स्टाफसँग पनि काम गर्न इच्छुक रहेको बताएका छन् । “तर, उनीहरूको योग्यता आफुले थाहा पाउनुपर्ने माग वाइल्डको रहेको छ ।
मलाई त्यस्तो सहायक चाहिँदैन, जसले कम्प्युटर चलाउन पनि सक्दैन।”

उनले अन्तिममा भने, “म ६१ वर्षको भएँ। अब जीवनमा खुसी महत्त्वपूर्ण हो। अब म यस्ता अयोग्य र चरित्रहीन व्यक्तिहरूसँग काम गर्न सक्दिन।”