नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी अगस्टमा अष्ट्रेलियामा आयोजना हुने टप इन्ड टी-२० सिरिजमा ६ विभिन्न टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ। नेपालले नर्थन टेरेटोरी स्ट्राइक्स, बंगलादेश ‘ए’, पाकिस्तान शाहीन्स र अष्ट्रेलियाका लोकप्रिय बिग ब्यास लिगका टोलीहरू – मेलवर्न स्टार्स, होबर्ट हरिकेन्स र मेलवर्न रेनेगेड्ससँग मैत्रीपूर्ण खेल खेल्नेछ।
डार्बिनमा हुने यो सिरिजअन्तर्गत नेपालले १५ अगस्टमा नर्थन टेरेटोरी, १६ मा बंगलादेश ‘ए’, १८ मा मेलवर्न स्टार्स, १९ मा होबर्ट हरिकेन्स, २० मा मेलवर्न रेनेगेड्स र २२ अगस्टमा पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्ने तालिका छ।
यो सिरिज सेप्टेम्बरमा हुने आइसिसी टी-२० विश्वकप एसिया छनोटको तयारीस्वरूप खेलिँदैछ। विश्वकपमा दोस्रोपटक स्थान बनाउने लक्ष्यसहित नेपाली टोलीले अष्ट्रेलियापछि वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्नेछ। त्यसपछि, छनोट खेलका लागि नेपाल ओमान जानेछ, जहाँ ९ टोलीबीच प्रतिस्पर्धा हुनेछ र शीर्ष ३ टोलीले भारत–श्रीलंकामा आयोजना हुने विश्वकपका लागि स्थान बनाउनेछन्।
यस्तो छ अस्ट्रेलियामा हुने सिरिजको पूरा खेल तालिकाः