पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक सुरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार अपराह्न ४ बजेदेखि बैठक सुरु भएको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, जागरण अभियानको समीक्षालगायत विषयमा छलफल हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

यसका बैठकमा सरकारका कामकारबाही, सदनमा पार्टीको भूमिका र पछिल्लो समय आएको बाढी पहिरोको क्षति तथा राहत उद्धारका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।