नेता माधव नेपाल र नेता ‘विप्लव’बीच छलफल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बिच भेटवार्ता भएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार दिउँसो छलफल भइरहेको विप्लवको सचिवालयले जनाएको छ ।

समसामयिक राजनीति, समाजवादी मोर्चाको बैठकको तयारी लगायत विषयमा छलफल केन्द्रित रहेको जनाइएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१