अवरुद्ध काठमाडौँ–मन्थली सडक एकतर्फी खुल्यो

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका-७ स्थित हलेदेमा सडक मर्मतपछि एकतर्फी यातायात सञ्चालनमा आएको छ । पहिरोका कारण आज बिहानदेखि अवरुद्ध सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।

काठमाडौँबाट दोलखाको चरिकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातायातका साधन उक्त सडक अवरुद्ध हुँदा बीच बाटोमै रोकिएका थिए । एकतर्फी रूपमा सडक सञ्चालनमा आएपछि बाटोमा रोकिएका सवारीसाधन आ-आफ्नो गन्तव्य स्थलतर्फ लागेको उनले बताए ।

माथिबाट बगेर आएको लेदो र सडकमुनिबाट तामाकोशीले कटान गर्दा पुष्पलाल मार्गअन्तर्गत पर्ने चरिकोट-मन्थली सडक अवरुद्ध भएको थियो । सडकको तलबाट तामाकोशीले कटान गर्ने र माथिबाट पहिरो खसेपछि यहाँको सडक पटक पटक भासिने गरेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१