
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले सदनलाई छलेर करको दर हेरफेर गरेको भन्दै कडा आपत्ति प्रकट गरेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘अहिले संसद् चलिरहेको छ, भर्खरै आर्थिक विधेयक पास भएको छ। एक महिना बित्दै गर्दा पहिलो चौमासिकमै सरकारले करको दरमा हेरफेर गरेको छ। यो कदमप्रति हाम्रो दलको गम्भीर ध्यानाकर्षण भएको छ।’
उनले हाउस चलिराखेको अवस्थामा करको दर हेरफेर गरिनु आर्थिक अपराध भएको बताए । उनले यो विषयमा अर्थमन्त्री विष्णु पौडेलसँग जवाफ मागे ।