तोलामा २३ सयले बढ्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आइतवार सुनको मूल्य बढेको छ ।

तोलामा २३ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार भने सुन तोलामा १ लाख ९५ हजार २ सय रुपैयाँमा कायम भएको थियो ।  यस्तै, चाँदीको मूल्य पनि बढेको छ ।

तोलामा ४० रुपैयाँ बढेर आज २ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार प्रतितोला २ हजार ३ सयमा १० रुपैयाँमा कायम भएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१