पहिलो टी–२० अभ्यास खेलमा नेपालको जित, सन्दीपले लिए ५ विकेट

काठमाडौं । नेपालले अस्ट्रेलियन क्रिकेट टेरिटरी (एसीटी) लाई ४१ रनले हराएको छ । अस्ट्रेलियामा मंगलबार भएको पहिलो टी–२० अभ्यास खेलमा नेपालले एसीटीलाई ४१ रनले हराएको हो ।

नेपालले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको एसीटी १७ ओभर २ बलमा १ सय ३६ रनमा अलआउट भयो ।

नेपालका सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिए भने करण केसीले २ र रुपेश सिंहले १ विकेट लिए।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन बनायो । नेपालका आसिफ शेखले ६९, कप्तान रोहित पौडेलले ३६, आरिफ शेखले २४ रन बनाए । एसीटीका स्मिथले सबैभन्दा धेरै ५० रन बनाए ।

टप इन्ड टि–ट्वान्टी सिरिजको समूह चरणबाट बाहिरिएपछि नेपाली टोलीले पहिलो अभ्यास खेलेको हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१