• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

यस्तो छ रमेश लेखकले जाँचबुझ आयोगमा पेस गरेको लिखित जवाफ (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष बयान दिएका छन् । उनले आयोगमा पदाधिकारीहरूले सोधेको प्रश्नको बयानमार्फत जवाफ दिनुका साथै लिखित रुपमा तयार पारेको जवाफ पनि पेस गरेका छन् ।

सोमबार साढे २ घण्टा बयान दिएका उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आफूले गृहमन्त्रीको हैसियतमा गरेका कामकारबाहीको विषयमा स्पष्टीकरण दिए ।

‘व्यक्तिगत रूपले यो घटनामा मेरो आफ्नो पनि ठूलो क्षति भएको छ । महेन्द्रनगर र काठमाडौंका घरहरू आगो लगाएर नष्ट गरिए ।… तैपनि सिंगो देश नै खरानी बनाइएका बेला मेरो व्यक्तिगत पीडालाई गौण ठानेको छु,’ उनले भनेका छन् ।

त्यस्तै उनले २३ गतेको घटनाको नैतिक जिम्मेवारी लिए पनि २४ गतेको घटना भने नियोजित भएको बताएका छन् ।

हेर्नुहोस् पूर्णपाठ :